४ मंसिर, काठमाडौं । राप्रपा र नयाँ शक्ति पार्टी नेपालबीच चुनावी तालमेल गर्ने सहमति भएको छ ।

नयाँ शक्ति नेपालले मकवानपुर क्षेत्र नम्बर १ मा उम्मेदवारी फिर्ता लिएर राप्रपा अध्यक्ष कमल थापालाई सहयोग गर्ने सहमति भएको छ ।

त्यस्तै गोरखा क्षेत्र नम्बर २ बाट उम्मेदवार बनेका नयाँ शक्ति पार्टीका संयोजका डाक्टर बाबुराम भट्टराईलाई राप्रपाले सहयोग गर्ने समझदारी बनेको छ ।