२ मंसिर, काठमाडौं । नेपाली काग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई लक्षित गरी तनहुँको भानु–१० नेपाल डाँडामा प्रेसर कुकुर वम प्रहार भएको छ ।

आज दिउँसो गोरखा र लम्जुङको कार्यक्रममा सहभागी हुन जाँदै गर्दा पौडेललाई लक्षित गरी वम प्रहार भएको जिल्ला प्रहरी कार्यलय तनहुँले जनाएको छ । बम प्रहारबाट पौडेल चढेको बा १३ च ३७४६ नम्बरको गाडीमा सामान्य क्षति पुगेको छ ।

पौडेल र उहाँसंग रहेका अन्य कार्यकर्ताहरु भने सुरक्षित रहेको प्रहरीको भनाई छ । घटना कसले गराएको भन्ने केही नखुलेको प्रहरीले जनाएको छ । प्रहरीले घटनामा विप्लव नेतृत्वको नेकपाकै कार्यकर्ताको संलग्नता रहेको आशंका गरेको छ ।