२२ पुस, काठमाडौं ।
संविधान संशोधन विधेयक संसदमा अगाडि बढाउने-नबढाउने विवाद उत्कर्षमा पुगेपछि सहमति कायम गरेर अगाडि बढन राष्ट्रपति विद्यादेवी भण्डारीले बोलाएको पाँच दलको बैठकमा पनि दलहरुबीच भनाभन भएको छ ।

फाइल तस्बिर

फाइल तस्बिर

राष्ट्रपति भण्डारीले निर्वाचनको तयारी खै ? भन्ने प्रश्न गरेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान संशोधन विधेयक टेबुल भएपछि मात्र निर्वाचनको मिति घोषणा हुने जवाफ दिएका थिए ।

तर प्रचण्डको भनाईको प्रतिवाद गर्दै एमाले अध्यक्ष केपी ओलीले संविधान संशोधन विधेयक फिर्ता लिए मात्र संसद चल्न दिने बताएका थिए । संसद चल्न नसक्दा राजनीतिक विवाद दिनप्रतिदिन उत्कर्षमा पुगेको छ ।

राष्ट्रपतिको जिज्ञासामा प्रचण्ड र ओलीबीच कलह भएको थियो । भेटमा सहभागी एक नेताले नेपालीहेडलाइन्सँग भने,‘सहमति निर्माण गर्न राष्ट्रपतिले बोलाएको बैठकमा प्रचण्ड र ओलीकै भनाभन भयो, सहमति कहाँबाट जुटनु ।’

यस अघि राष्ट्रपति भण्डारीले बोलाएको सर्वदलिय बैठकमा पनि कांग्रेसका सभापति शेरबहादुर देउवाले एमाले अध्यक्ष ओलीलाई ‘मिस्टर चुप’ भनेपछि विवाद भएको थियो ।

संविधान संशोधन विधेयक फिर्ता लिनुपर्ने अडान राख्दै एमालेले एक महिनादेखि संसद चल्न दिएको छैन् । संविधान कार्यान्वयन, निर्वाचन लगायतको विषयमा सहमति निर्माण गरेर अगाडि बढ्न आग्रह गर्नको लागि राष्ट्रपतिले बोलाएको बैठकमा पनि सहमतिको सट्टा दलहरु विवाद गर्नमै उद्यत देखिएका छन् ।

यो पढ्नुस्।

संशोधनमा रस्साकस्सी ; यसकारण विपक्षीको पल्ला भारी

ओलीको प्रश्न –विहे गरेको १२ घण्टामै मन्त्री ?

सनसनी मच्चाउँदै ‘लुट-२’को ट्रेलर, हेर्नुस् भिडियो