८, बैशाख काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आज बेलुकी आधा घण्टा बन्द हुने भएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारी भारतको पाँच दिने राजकीय भ्रमण पूरा गरी स्वदेश फर्कने कार्यक्रम भएकाले विमानस्थल अवरुद्ध हुने भएको हो ।

विमानस्थल कार्यालयका प्रवक्ता प्रेमनाथ ठाकुरका अनुसार आज बेलुकी पौने ८ देखि सवा ८ बजेसम्म विमानस्थल अवरुद्ध हुनेछ । ‘भीभीआइपीको आगमन भएकाले त्यो आधा घण्टा कुनै पनि नर्मल फ्लाइट हुँदैन, प्रवक्ता ठाकुरले नेपाली हेडलाइन्ससँग भने, तर, आपत्तकालिन उडान भने रोकिँदैन ।’

राष्ट्रपति भण्डारी नेपाल वायुसेवा निगमको जहाजबाट बेलुकी ८ बजे काठमाडौं आइपुग्ने कार्यक्रम छ । यसअघि साढे ७ बजे आइपुग्ने भनिएपनि आधा घण्टा ढिलो हुने जानकारी आएको प्रवक्ता ठाकुरले बताए ।

राष्ट्रपति भण्डारी भारतीय राष्ट्रपति प्रणव मुखर्जीको निम्तोमा सोमबार भारत गएकी हुन् ।