१३ मंसिर, काठमाडौं ।

एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले सार्वभौमसत्ताको रक्षा र राष्ट्रिय स्वाभिमानका पक्षमा कसैसँग नझुक्ने दोहो-याएका छन् ।

नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामतिको तेस्रो महाधिवेशनको काठमाडौंमा उद्घाटन गर्दै अध्यक्ष दाहालले नाकाबन्दी खुलाउन कुटनीतिक पहल र बैकल्पिक उपाय खोजि भइरहेपनि राष्ट्रिय स्वाधिनता रक्षाका लागि आफु जस्तोसुकै बलिदान दिन तयार रहेको बताएका हुन् ।

Prachand mic ktm

कार्यक्रममा उप–प्रधान एवं ऊर्जामन्त्री टोपबहादुर रायमाझीले भारतले गरेको नाकाबन्दीले उसलाई नै बेफाईदा भएको बताए । त्यस्तैै, सामान्य प्रशासन मन्त्री रेखा शर्माले निजामति कर्मचारीमा भएको विभेदलाई अन्त्य गरिने प्रतिवद्धता जनाइन ।