३ मंसिर, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष एबं उपप्रधानमन्त्री कमल थापाले युबा पुस्तामा रहेको उर्लदो देशभक्तिको भावनाको उच्च प्रसंशा गर्दै मुलुकको स्वाधिनता र स्वाभिमानको निमित्त युबाहरु निरन्तर चनाखो हुनुपर्ने बताएका छन ।

चुनाबी प्रचार अभियानको क्रममा आज हेटौंडा -१६ मा आयोजित सभा एबं पार्टी प्रबेश कार्यक्रममा बोल्दै उपप्रधानमन्त्री थापाले सबल , समुन्नत र स्वाधिन नेपाल निर्माणमा युबा पुस्ताको महत्वपूर्ण भुमिका रहनुपर्नेमा जोड दिए । बिदेशी भुमी कतार र मलेशियामा रहेका लाखौ युबाहरुको रगत पसिना आफ्नै मातृभुमिमा प्रयोग गर्न सके नयाँ नेपाल निर्माणको सपना पूरा गर्न सघाउ पुर्याउने उनको भनाई थियो ।

राजनितीक वाद र सिद्धांन्तमा बिभाजित नेपाली समाज अब आर्थिक समृद्धिको एजेन्डाबाट एकै ठाउमा जोडिनु आबश्यक रहेको बिचार ब्यक्त गर्दै थापाले निर्बाचनको माध्यमबाट लोकतान्त्रिक पद्धति र प्रणालीको बिकास हुने बिश्वास ब्यक्त गरे । सो अबसरमा नेकपा एमाले परित्याग गरि राप्रपा प्रबेश गर्ने ब्यक्तिहरुलाई पार्टी सदस्या प्रदान गरि स्वागत गरे । नेकपा एमालेका अर्जुन थापा, लोकेन्द्र थापा र बरुण थापाको नेतृत्वमा ५१ जना राप्रपा प्रबेश गरेका छन् ।