२२ असार, दमौली । म्याग्दे गाउँपालिका वडा नं २ स्थित रिमाले कुवामा बिहिबार साँझ रुखले किचेर एक महिलाको मृत्यु भएको छ ।

प्रहरीले दिएको जानकारी अनुसार मृत्यु हुनेमा सोही ठाउँ निवासी ३४ बर्षिय श्रीमायाँ श्रेष्ठ रहेकी छन् ।

स्थानीय कुवामा पानी लिन जाँदा रुखले किचेर श्रेष्ठको मृत्यु हुन पुगेको प्रहरीले जनाएको छ ।