१० मंसिर, काठमाडौं ।

नेपाली सिने क्षेत्रकी चर्चित अभिनेत्री रेखा थापामाथि ठगीको आरोप लागेको छ । अग्रिम पैसा लिएर कार्यक्रममा उपस्थित नभएको भन्दै उनीमाथि प्रहरीमा उजुरी परेको हो ।

खोटाङको एक संस्था सगरमाथा जनसेवा समाज अर्खौले ले रेखाथापामाथि जिल्ला प्रहरी कार्यालयमा उजुरी जायर गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

rekha-thapa face

रेखा थापालाई पैसा दिएको प्रमाण सहित उनीमाथि उजुरी परेपनि प्रहरीले खोजि गर्दा समेत रेखा थापाले फोन नउटाएको बताइएको छ ।

चर्चित मानिने रेखा थापालाई यो मुद्धाले तनाव दिने संकेत देखिएको छ ।