एजेन्सी । स्पेनिश क्लब रियल म्याड्रिडका स्ट्राईकर पोर्चुगिज खेलाडी क्रिष्टियानो रोनाल्डो उत्कृष्ट युरोपेली खेलाडी घोषित भएका छन् ।

ronaldo1

आफ्नै टिमका ग्यारेथ बेल र एट्लेटिको मड्रिडका एन्टोईन ग्रिजम्यानलाई पछि पार्दै रोनाल्डो दोश्रो पल्ट युएफा उत्कृष्ट युरोपियन खेलाडी घोषित भएका हुन् । मोनाकोमा आयोजित कार्यक्रममा अवार्ड थाप्दै रोनाल्डोले आफ्ना प्रतिस्पर्धी खेलाडी ग्रिजम्यान उत्कृष्ट खेलाडी बन्न योग्य रहेको बताए । रोनाल्डोले चालु सिजनमा रियल म्याड्रिडका लागि ३२ गोल गरेका छन् ।