७ साउन, काठमाडौं ।

चारसातायता सामान्य ढंगले लगातार ओरालो लागेको अमेरिकी डलरको भाउ पछिल्ला दुईदेखिदेखि रुपैंयाँसँग मजबूत बनेको छ ।

करीब एक महिनासम्म १ सय २ रुपैंयाँभन्दा तल रहेको प्रतिडलर विनिमयदर केहीदिनयता त्यसभन्दा माथि चढेको हो । नेपाल राष्ट्र बैंकले बुधबारका लागि प्रतिडलर विक्रीदर १ सय २ रुपैँया ६ पैसा निर्धारण ग-यो ।

dolor money

यो विक्रीदर अघिल्लो दिनको भन्दा १ पैसा बढी हो । वाणिज्य बैंकहरुले भने राष्ट्र बैंकले निर्धारण गरेको यो विक्रीदरभन्दा माथि पुगेर डलरको कारोबार गरेका छन् ।