११ भदौ, एजेन्सी । ब्रिटेनको लण्डनस्थित बकिङघम राजदरबार नजिकै एकजनाले चक्कु प्रहार गर्दा दुईजना प्रहरी जवान घाइते भएका छन ।

आक्रमणकारी उक्त व्यक्तिले चार फिट लामो एउटा धारिलो हतियार कारमा राखेको र प्रहरीका सवारीसाधन नजिकै कार रोकेपछि प्रहरीले उनलाई पक्राउ गर्ने क्रममा दुईजना प्रहरी सामान्य घाइते भएको अधिकारीहरुले बताएका छन् ।

चक्कु प्रहार गर्ने व्यक्ति पनि घाइते भएको र उपचारका लागि उनलाई अस्पताल पु-याइएको छ । अधिकारीहरुका अनुसार अन्दाजी २६ वर्षको व्यक्तिले आक्रमण गर्न खोजेको आशंकामा उनलाई पक्राउ गरिएको र थप सोधपुछ भइरहेको छ ।

यसैबीच घटना भएका बेला राजदरबारभित्र शाही परिवारका कोही पनि नभएको बताइएको छ ।