४ वैशाख, काठमाडौं ।

कसले जित्छ भन्ने कौतुहल रहेका मध्ये धेरैलाई चासो ललितपुर महानगरमा कांग्रेस वा एमाले कुन दलले बाजी मार्छन् भन्ने देखिएको छ । दुई प्रतिस्पर्धी दल कांग्रेसबाट चिरीबाबु महर्जन र एमालेबाट हरिकृष्ण ब्यन्जनकारबीच तीव्र प्रतिस्पर्धा भइरहेको छ । कहिले महर्जनले त कहिले ब्यन्जनकारले एक अर्कालाई उछिन्ने क्रम चलिरहेको छ ।

यो पढ्नुस्: नतिजा उल्टिएपछि काँग्रेसको विजय उत्सव राेकियाे

तर, अहिलेसम्म आएका वडाको नतिजामा भने रोचक संयोग र आश्चर्य पार्ने नतिजा आएको छ । हरिकृष्णको घर रहेको वडा १ मा कांग्रेसका उम्मेदवारले वडा अध्यक्ष जितेका छन् । भने चिरिबाबुको घर रहेको वडा तीनबाट एमालेका उम्मेदवार विजयी भएका छन् ।

१० वडाको नतिजा आउँदा कांग्रेसले ६ वटा जित्दा एमालेले चारमा जित हासिल गरेको छ । कांग्रेसले १, ६, ७, ८ र ९ जितेको छ भने एमालेले २, ३, ४ र ५ वडामा विजय हाँसिल गरेको छ ।

तर, आफ्नो वडामा आफ्नै पार्टीका वडा अध्यक्ष नजिते पनि चिरीबाबुले आफ्नो वडामा पाँच सयको अग्रता लिए भने ब्यन्जनकारले आफ्नो वडा ९ बाट चार सयको अग्रता लिन सफल भएका थिए ।

जारी मतगणनामा कांग्रेस उम्मेदवार महर्जनले १० हजार सात सय ९१ मत ल्याएका छन् भने ६ सयले पछि परेका एमाले उम्मेदवार ब्यन्जनकारले १० हजार दुई सय दुई मत ल्याएर पछ्याइरहेका छन् ।