१५ असार, अछाम ।

यसैगरी रामारोशन गाउँपालिकामा भोट हाल्ने लाइनमा बसेका दुई महिलाले बच्चा जन्माएका छन् । अछामको रामारोशन गाउँपालिका वडा नं. ४ बाटुलासैन साता स्थित नन्दकाली आधारभुत विद्यालयको ‘क’ मतदान केन्द्रमा भोट हाल्न लाइनमा लागेका दुई महिलाले बच्चा जनाएका हुन् ।

रामारोशनकी २५ वर्षकी मीना बोहरा र शुभा दासले बच्चा जन्माएका हुन् । दुबैले छोरा जन्माएका छन् । बिहान ९ बजेतिर भोट हाल्नका लागि लाइनमा लागेकै बेला उनीहरुलाई सुत्केरी व्यथा लागेको थियो ।

व्यथा लागेपछि स्कुलकै छेउमा उनीहरुलाई सुत्केरी गराइएको हो । सुत्केरी भएको एक घण्टापछि मतदान गरेर उनीहरु घर फर्किएको मतदान अधिकृत तपेन्द्र विकले जानकारी दिए । बच्चा जन्माएका दुबै महिला र शिशु स्वस्थ रहेको प्रहरीले जनाएको छ ।