३१ भाद्र, कपिलवस्तु । लागू औषध सहित प्रहरीले  एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कपिलवस्तु नगरपालिका वडा नं. ९ वस्ने १७ वर्षीय संजय खटिक रहेको प्रहरीले जनाएको छ ।

भारतीय बजारबाट खरिद गरी लुकाई छिपाई लागु औषध ल्याईएको अवस्थामा यशोधरा गाउंपालिका वडा नं. ७ मर्यादपुरबाट खटिकलाई शुक्रबार पक्राउ गरिएको प्रहरी उपरीक्षक प्रह्लाद अधिकारीले बताए ।

प्रहरीले पक्राउ परेका खटिकको साथबाट ९७ ग्राम ३ सय मिली ग्राम खैरो हिरोईन फेला परेको जनाएको छ । हाफ पाईन्ट भित्र २ वटा प्लाष्टिकको थैलोमा लुकाई राखेको अवस्थामा लागू औषध बरामद गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका खटिकलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय तौलिहवाको नियन्त्रणमा राखिएको छ ।