मेडिकल क्षेत्रमा भएको निरन्तरको अध्ययन अनुसन्धान तथा सर्जरी प्रविधिमा भएको विकाससंगै असम्भव मानिदै आएका र सोच्दै नसोचिएका अपरेसन समेत अब सम्भव देखिन थालेका छन्। जसमा लिंग परिवर्तन पनि एक रहेको छ।

व्यक्तिको लागि लिंग परिवर्तन गर्ने फैसला निकै कठिन कार्य हो तर सर्जरी गरि लिंग परिवर्तन गर्ने काम अब असम्भव रहेन। नौलो र केही वर्षयता मात्र सुरु भएको लिंग परिवर्तन गर्ने सर्जरी सजिलो भने छैन।

surgery doctors (1)

लिंग परिवर्तन गर्ने सर्जरी निकै गम्भिर हुन्छ। कुनै पुरुषको गुप्तांगलाई महिलाको गुप्तांगमा परिवर्तन गर्ने निकै लामो प्रक्रिया हो।

युरोपियन सोसाइटी अफ युरोलोजीले एक एनिमेशन तयार गरेको छ, जसमा यो सर्जरी कसरी गरिन्छ भनि देखाइएको छ। सर्जरी पश्चात पुरुषको गुप्ताङलाई महिलाको गुप्तांगमा परिवर्तन गरिन्छ।

सर्जरी पछि जुन नयाँ योनी बनाइन्छ सो शारीरिक सम्पर्कको अनुभुति गर्न योग्य मानिन्छ। तर सर्जरी भन्दा पहिले व्यक्तिलाई मानसिक रुपमा तयार हुन जरुरी हुन्छ।

जसको लागि दुइ वटा मनोवैज्ञानिक परिक्षणबाट व्यक्तिलाई गुजारिन्छ। सर्जरीपूर्व व्यक्तिको पुरा स्वास्थ्यको जाँच गरिन्छ।

जो आफ्नो लिंग परिवर्तन गराउन चाहन्छ पहिले उसले १८ महिना महिलाझैं जीवनयापन गर्नुपर्दछ। महिलाको झै जीवनशैली अपनाउनुपर्छ। साथै एक हर्मोन थेरापी पनि गराइन्छ।

कसरी गरिन्छ लिंग परिवर्तन?

surgery doctors (2)
एनिमेशनमा लिंग परिवतर्न गर्न गरिने सर्जरीको बारेमा बताइएको छ। सहि अवस्थामा व्यक्तिलाई दुइ खुट्टा दुइ तिर खोलेर अपरेसनको लागि तयार गरिन्छ।

सुरुवातमा नै उसको अण्डासयको थैली काटिन्छ र दुवै अण्डासयलाई निकालिन्छ। त्यसपश्चात लिंगको बाहिरी छालालाई छुट्याइन्छ र पछाडी धकेलिन्छ।

लिंगको भित्र भएको तीन प्रकारको नशालाई अलग गरिन्छ। डर्सल नर्भ बंडल जसले लिंगको अनुभुती दिने गर्छ, लिंगको सबैभन्दा माथिल्लो भाग र वीर्य तथा पिशावको थैली, यी तीनैलाई अलग गरिन्छ।

अलग गर्दै निकै गहिरोसम्म काटिन्छ र त्यो हिस्सालाई छोडिन्छ जहाँबाट पिसाब निस्कने गर्दछ। बाँकी सबै हिस्सालाई काटेर अलग गरिन्छ।

लिंगको धकेलिएको हिस्सालाई उल्टो बनाइ पिसाब नली संग जोडिन्छ। त्यहिं माथीको तर्फको बाक्लो छालाबाट योनी बनाइन्छ। जसलाई दुइ प्वाल पारिन्छ।

आंखिरमा काटिएको अण्डासयलाइ नयाँ बनेको योनीसंग जोडिन्छ र सर्जरी पुरा हुन्छ।

भिडियो हेर्नुस्,

डेली मेलको सहयोगमा।