५ असार, काठमाडौं । दोस्रो चरणको स्थानीय चुनावमा नेकपा एमालेले खाता खोलेको छ । वझाङको काँडा गाउँपालिकाको वडा नम्बर ५ मा वडा अध्यक्षसहित सबै सदस्यमा एमालेको प्यानल नै निर्वाचित भएको हो ।

वडामा अरु पार्टीको उमेद्बारी नपरेपछि एमालेका उमेद्बार निर्विरोध निर्वाचित भएको हो । एमालेका उमेद्बार धनन्जय वोहोरा अध्यक्षमा निर्विरोध निर्वाचित भएका हुन् ।

सदस्यतर्फ खुला सदस्यमा डब्बल बोहोरा र कालु बोहोरा, महिला सदस्यमा अमृतादेवी बोहोरा निर्वाचित भएका छन् । दलित महिलामा भने कसैको पनि उमेद्बारी नपरेको निर्वाचन कार्यालयले जनाएको छ ।