Sherbahadur deuba२७ फागुन, काठमाडौ । नेपाली कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले आगामी निर्वाचनमा भक्तपुरका दुवै स्थानमा विजयी हुने दाबी गरेका छन् । उनले संकटको निकासका लागि मात्र प्रधानन्यायाधीशलाई सरकार प्रमुख बनाउनु परेको उल्लेख गरे ।
नेपाली कांग्रेस कटुञ्जे गाउँ इकाई समितिले भक्तपुर निर्माण व्यवसायी सङ्घका नवनिर्वाचित पदाधिकारीलाई सम्मान एवम् वनभोज कार्यक्रममा उनले जारी सङ्कटको निकासका लागि प्रधानन्यायाधीशलाई सरकार प्रमुख बनाउनुपरेको समेत बताए । महामन्त्री प्रकाशमान सिंहले माओवादीले पटकपटक धोका दिएका कारण अहिले पनि पूर्णरुपमा विश्वास गर्ने ठाउँ नभएको बताए ।
सो अवसरमा नेपाल बार एसोसिएसन भक्तपुरका पूर्वअध्यक्ष गजेन्द्रशङ्कर तिमिला हालै केन्द्रीय बारको सदस्यमा निर्वाचित हुनुभएकोमा र अधिवक्ता बाबुराजा जोशीले वरिष्ठ अधिवक्ताको उपाधि प्राप्त गरेकोमा सम्मान गरिएको थियो ।
कार्यक्रममा केन्द्रीय सदस्य बालकृष्ण खाँडलगायत जिल्लाको नेताहरूको उल्लेख्य उपस्थिति रहेको थियो । रासस