३ भदौ, काठमाडौं । काठमाडौंको बागमती नदीमा डुंगा चलेको देख्दा तपाईँलाई साँच्चै अचम्म लाग्न सक्छ । तर यो वास्तविकता हो । सफाई अभियान २ सय २१ औं हप्तामा आइपुग्दा बाग्मती सफा त बन्दैछ सँगै पानी बग्न थालेपछि अहिले डुंगासमेत चल्न थालेको छ ।

त्यसैले आज बागमतीमा महाजलयात्रा तथा नदी महोत्सव भइरहेको छ । काठमाडौँ उपत्यकाका नदीनाला संरक्षण गर्ने उद्देश्यले आज कुपण्डोलबाट सुन्दरीघाटसम्म महाजलयात्रा आयोजना गरिएको हो ।

नेपाल नदी संरक्षण संस्था र फ्रेण्ड्स क्लब कुपण्डोलको आयोजना एवम् अधिकारसम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समिति, साइकल सिटी नेटवर्क नेपाललगायतको सहकार्यमा महाजलयात्रा भइरहेको छ । बिहानदेखि शुरु जलयात्रा तथा महोत्सव बेलुकी ७ बजे सम्म चल्ने आयोजक फ्रेन्र्डस् क्लब ललितपुरले जनाएको छ ।