इन्स्ट्यान्ट मेसेजिङ एप ह्वाट्सएप स्मार्टफोनको विकाश सँगै विकाश हुँदै आएको छ। यो एपबाट आफ्नो मोबाइलमा नम्बर भएको व्यक्तिसँग सरल तरिकाले एकदमै छिटो सन्देशहरु आदनप्रदान गर्नको साथै फोन कल पनि गर्न सकिन्छ। यो एपले प्रयोगकर्ताहरुलाई आवश्यक परे अनुसारको सेवाहरु हरेक नयाँ अपडेटमा थप्दै पनि गएको छ।

ह्वाट्सएपले हालैमा एण्ड्रोइड प्रयोगकर्ताहरुको लागि यस्ता नयाँ रोचक सेवा र अपडेट्सहरु आफ्नो नयाँ भर्जनमा थपेको छ…

१. नयाँ अपडेटमा अब पहिला चलिरहेको इमोजीहरुमा केहि इमोजीहरु थप गरिएको छ। धेरै समय देखि युवाहरुले आफुले व्यक्त गर्न खोजेको कुरालाई ईमोजी नभएको गुनासो समाजिक संजालहरुमा पोख्ने गर्दथे। यो कुरा ध्यानमा राखि ह्वाट्सएपले छालाको रँग अनुसारको ईमोजीहरु थपेको छ। whatsapp new feature (5) whatsapp new feature (2)२. यति मात्र हैन, अब प्रयोगकर्ताहरुले कुनै मेसेज प्राप्त गर्दा सो मेसेजलाई पढिएको वा नपढिएको(mark as read) विकल्प छान्न सक्नेछन्।

whatsapp new feature (8)

३. ह्वाट्सएप एक सामान्य मेसेज आदनप्रदान गर्ने एपबाट सुरु भएको थियो। अहिले यो एपमा प्रयोगकर्ताहरुले भ्वाइस कल पनि गर्न सक्छन्। वाट्सएप कै मार्फत कल गर्नेहरुको लागि ‘च्याट्स एण्ड कल्स'(chats and calls) मेनुमा ‘लो डेटा युसेज’ (low data usage) विकल्प थपिएको छ। यो सेवा मार्फत अब कलहरुमा कम डेटा खर्च हुनेछ र मोबाइल डेटा बचत गर्न सकिन्छ।

४. आजसम्म तपाईँले ग्रुप च्याटहरुलाई मात्र म्युटमा राख्न सक्नु हुन्थ्यो। ह्वाट्सएपको नयाँ अपडेटमा अब व्यक्तिगत च्याटहरु पनि म्युट गर्न सकिने विकल्प राखिएको छ। कुनै पनि व्यक्तिसँगको च्याट वा सम्पर्कलाई म्युट गर्न चाहेमा वाट्सएपको म्युट मेनुबाट गर्न सकिनेछ। यस मेनुमा सो व्यक्तिसँग कति बेरसम्म सम्पर्क बाहिर रहने भनि ८ घण्टा, १ हप्ता वा १ वर्षको विकल्प छान्न सकिनेछ।whatsapp new feature (3)


वाट्सएपले केहि महिना अघि देखि एपबाट कल गर्न मिल्ने सुविधा थपेको थियो। भाईबरको प्रतिश्पर्धीको रुपमा चिनिने ह्वाट्सएपले सकेसम्म आफ्नो एपलाई सुरु भएदेखि प्रयोगकर्ताहरुको लागि सहज बनाउदै गएको छ।