८ माघ, झापा । नेकपा (एमाले)का अध्यक्ष एवम् पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीले विकासका लागि सरकारसँग पैसाको अभाव नभएको बताएका छन ।

उनले शुक्रबार झापाको पथरियामा स्वर्गीय बामपन्थी नेता द्रोणाचार्य क्षेत्री स्मृति महिला तथा बाल विकास भवनको आज शिलान्यास गर्दै विगत १९ वर्षयता हुलाकी सडक निर्माणको चर्चा पटक पटक हुँदै आएको र अब हुलाकी सडक बनाएरै छोड्ने दाबी गरे ।

अध्यक्ष ओलीले नेपाल र नेपालीको स्वाभिमानी भावना बचाउन आफू इमान्दार भएर लाग्ने बताए ।

दुई कठ्ठा १० धुर क्षेत्रफलमा रु एक करोड २५ लाखको लागतमा छ कोठाको सभाहलसहित स्मृति भवन दुई तले पक्की निर्माण हुनेछ ।

यसैबीच अध्यक्ष ओलीले शुक्रबारबाट झापाको बनियानीमा सुरु भएको प्रथम अन्तराष्ट्रिय कराते प्रतियोगिताको समेत उद्घाटन गरेका छन । प्रतियोगितामा नेपाल, भारत, बङ्गलादेश र भुटानका विभिन्न तौल समूहका खेलाडीहरुले भाग लिएका छन् ।