२९ चैत,  काठमाडौं ।

एमालेका सांसदहरुले सोमबारको संसद बैठकमा गृहमन्त्री भएर पनि संसदमा बैठकमा नजाने र आफ्ना एजेण्डाहरु प्रधानमन्त्री र मुख्य सचिवमार्फत पठाउने तयारी गरेकोप्रति तीव्र असन्तुष्टि जनाएका थिए । तर, उनीहरुको असन्तुष्टिको एकैछिनपछि बसेको मन्त्रिपरिषद्को बैठकमा निधि आफू गएनन् । तर, गृहमन्त्रीका रुपमा आइजिपी नियुक्तिका लागि चार डिआइजीको मूल्यांकन विवरण प्रधानमन्त्री पुष्मकमल दाहाल प्रचण्डलाई सोमबार बिहानै बुझाइसकेका थिए । यही विवरणका आधारमा सरकारले डिएसपी प्रकाश अर्याललाई आइजिपीमा बढुवा गर्यो ।

फाइल तस्बिर

यो पढ्नुस् : नवनियुक्त प्रहरी महानिरीक्षक अर्यालको निर्देशन र प्रतिबद्धता -हेर्नुस् ७ तस्बिरमा
आखिर निधिले विधि मान्न नपर्ने हो ?

आफ्नै दलका गृहमन्त्री विमलेन्द्र निधिले आइजिपी नियुक्तिका लागि प्रस्ताव नलाने तर, मन्त्रालयका कर्मचारीले लाने अवस्थाप्रति नेपाली कांग्रेसका एक मन्त्री असन्तुष्टि जनाउँछन् ।

‘उहाँ गृहमन्त्री भएपछि अर्को कुनै कर्मचारीले आइजिपी नियुक्तिदेखि महत्वपूर्ण अवस्थामा प्रस्ताव लाने विषय राम्रो होइन’ ती मन्त्री नाम नबताउने सर्तमा भन्छन्, ‘गृहमन्त्री ज्यूले के गर्न खोज्नुभएको हो । बुझिएको छैन ।’

प्रधानमन्त्रीपछिको उप्रधानमन्त्रीको पहिलो वरियता आफूलाई नदिएको र राप्रपा अध्यक्ष कमल थापालाई दिने भएपछि निधि असन्तुष्ट भएका हुन् । उनी गृहमन्त्रीबाट राजीनामा पनि नदिने क्याविनेटमा पनि जाने तयारीमा रहेका छन् ।

गृहमन्त्रीको सेवासुविधा लिने तर, क्याविनेटमा नजाने उनको अडानले नियम कानुन मान्नका लागि बाध्य बनाउने र कानुन पालना गराउन भूमिका खेल्ने निधि नै यस्तो अवस्थामा पुग्नुले उनी विधिभन्दा माथि हुन् की भन्दै एमालेका नेताहरुले उनको राजीनामा माग गरेका छन् ।

एमालेका सांसदहरुले गृहमन्त्रीको सेवासुविधा लिने तर, राजीनामा पनि नदिने तर, पदको विवादमा क्याविनेटमा जान्न भन्ने जस्तो पदलोलुप बनेको भन्दै आलोचना गरेका थिए । कांग्रेसमै पनि सुरुमा राजीनामा हल्ला गर्ने तर, अहिले आएर राजीनामा पनि नदिने र क्याविनेटमा पनि नजाने निधिको शैली ठीक नभएको विषय उठिरहेको छ ।

निधिका प्रेस सहल्लाहकार रामजी दाहाल पनि अब निधि वरियता नमिल्दासम्म क्याविनेटमा नजाने बताउँछन् ।

यो पढ्नुस् : सरकारको विरुद्ध सर्वोच्च पुगे सिलवाल

निधि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका भित्रिया हुन् तर, आइजिपी नियुक्तिमा निधिले नवराज सिलवालको पक्ष लिंदै गर्दा देउवाले जयबहादुर चन्दलाई बनाउन खोजे पनि अदालतले उल्टाइदिएको थियो । यसपछि सोमबार सरकारले प्रकाश अर्याललाई आइजिपी बनाएको हो । पहिले देउवासँग निधिको सम्बन्ध बिग्रिएको चर्चा गरिन्थयो । तर, अहिले निधिले राजीनामा पनि नदिने र क्याविनेटमा नजाँदा सभापति शेरबहादु देउवाले के गर्लान् भन्ने विषयलाई चासोपूर्वक हेरिएको छ ।