१६ चैत, काठमाडौं ।
एक हप्ते चीन भ्रमण पूरा गरी स्वदेश फर्केका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई स्वागत गर्नको लागि विमानस्थलमा निकै ठूलो लाम लागेको थियो ।

विमानस्थलमा उपसभामुख, तीन उपप्रधानमन्त्री, मन्त्रीहरु र उच्च ओहदाका व्यक्तिहरु उपस्थित थिए । प्रचण्डको स्वागत गर्न सबैले हातमा पुष्पगुच्छा बोकेर उभिएका थिए ।

विमानस्थलमा प्रचण्डको स्वागतसँगै तीन उपप्रधानमन्त्रीको पहिलो बरियतामा को भन्ने आम चासो थियो । सबैको ध्यान उपप्रधानमन्त्रीद्वय कमल थापा र विमलेन्द्र निधि माथि थियो ।

तर कमल थापाले चलाखीपूर्ण ढंगले सभामुखको पछि आफूलाई उभ्याएपछि सबैको ध्यान त्यतैतिर केन्द्रीत भएको थियो । प्रधानमन्त्रीलाई स्वागत गर्न गएका उपप्रधानमन्त्रीको भने आ–आफ्नै ताल देखिन्थ्यो ।

प्रधानमन्त्री चीन जानुअघि कार्यवहाक प्रधानमन्त्री आफूले पाउनु पर्ने दावी उपप्राधनमन्त्रीद्धय थापा र निधिले गरेपछि प्रचण्डले कार्यवहाक प्रधानमन्त्री नदिइ चैत १० गेत चीन प्रस्थान गरेका थिए ।

छ दिनसम्म प्रचण्डले चीनबाटै सरकार सञ्चालन गरे । उपप्रधानमन्त्रीको वरियतामा थापा कि निधि अगाडि बन्ने विवाद रहेको बेला बुधवार एयरपोर्टमा कमल थापा नै अघिल्लो पंक्तीमा आफूलाई उभ्याउन सफल भए ।

उपप्रधानमन्त्रीको वरियातामा को अगाडि बढ्ने भन्ने विवाद कायमै रहेका बेला उपप्रधानमन्त्री थापा प्रचण्डलाई स्वावगत गर्न अघिल्लो पक्तिमा देखिनुको साथै पत्रकार सम्मेलनमा समेत प्रधानमन्त्री पत्नी सीता दाहालसँगै कमल थापा बसेका थिए ।

थापाले उपप्रधानमन्त्रीमा पहिलो वरियता हो भन्ने पुष्टि गरेपछि उपप्रधानमन्त्रीमा को अगाडि बढन् भन्ने विवाद भने अझैं टुंगो लाग्न सकेको छैन् ।

उपप्रधानमन्त्रीद्धयको विवादको कारण चीन जानु अघि प्रचण्डले मन्त्रीपरिषद्को बैठक समेत नबोलाई भ्रमण आफैले अनुमोदन गरेका थिए ।