१३ भदौ, विराटनगर ।

विराटनगरको बसपार्कनजिकै रहेको एसलाल एण्ड सन्स पेट्रोल पम्पमा सुतली बम बिस्फोट भएको छ । बम विस्फोटमा परि तीन जना घाइते भएका छन् ।

घाईतेहुनेमा विराटनगर तेह्रका निरज साह र अजय पाण्डे, विराटनगर १५ का तपेस दास रहेका छन् । घाईतेको कोशी अञ्चल अस्पताल र मोरंग शहकारी अस्पतालमा उपचार भैरहेको छ ।

विष्फोट कस्ले गराएको भन्ने खुल्न सकेको छैन । मोरङ प्रहरी प्रमुख एसपी तारिणीप्रसाद लम्सालका अनुसार बम विष्फोट भएजस्तो आवाज सुनिएपनि घटनास्थलमा प्रहरी पुगेको बताए ।

केहि दिन अघि पनी बिराटनगरको एमएम प्लाष्टिक अघि पनि सुतली बम बिष्फोट भएको थियो ।