एजेन्सी । टीम इन्डियाका कप्तान विराट कोहली र उनकी प्रेमिका अनुष्का शर्मा एक पटक फेरि एकसाथ देखिएका छन् ।

viratanuska

मुम्बईस्थित वर्लीमा बन्दै गरेको विराटको नयाँ घर हेर्न पुगेका यो जोडी सडकमा हिडिरहेको देखिए । एक बर्ष पहिले नै उनीहरुले आफ्नो सपनाको घर ‘बुक’ गरेका थिए ।

दुवैजना वर्ली क्षेत्रको ‘ओमकार वर्ली १९७३’ टाउनशिपमा गएका थिए, जहाँ निर्माणको काम चलिरहेको छ । विराटले यही प्रोजेक्टको टावरसीको ३५औँ तलामा एक फ्ल्याट बुक गरेका छन् । यसको मुल्य ३४ करोड भारु छ । यसै टावरमा उनका साथी क्रिकेटर युवराज सिंहले पनि फ्ल्याट बुक गरेका छन्, जुन २९ औँ तलामा बनिरहेको छ ।

virat-anuska

२०१७ को सुरुवातमा इन्गेजमेन्ट गर्ने खबर आएको थियो । यो खबरलाई ठाडै अस्विकार गर्दै विराटले अफवाह भनेका थिए । दुवै जना आफ्नो सम्बन्धप्रति गम्भिर देखिन्छन् । यद्यपी, विराट–अनुष्का एकसाथ यसरी देखिएपछि उनिहरु प्रेम सम्बन्धमा रहेको अनुमान लगाउन सकिन्छ ।