८ साउन, काठमाडौं ।

आईसीसी महिला विश्वकप क्रिकेटको उपाधिका लागि आज आयोजक इग्ल्याण्ड र भारतबीच प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली समय अनुसार दिउँसो सवा तीन बजे लड्समा शुरु हुनेछ ।

इग्ल्याण्डले दक्षिण अफ्रिका र भारतले ६ पटकको विजेता अष्टे«लियालाई पराजित गर्दै फाइनलमा प्रवेश गरेका हुन । भारतले दोस्रो पल्ट फाइनल खेल्न लागेको हो ।

सन् २००५ मा भारत अष्टेलियासंग फाइनलमा पराजित भएको थियो । तर आयोजक इग्ल्याण्डले भने तीन पटक उपाधि जितिसकेको छ ।