एजेन्सी । दक्षिण अमेरिकी देश बोलीभियाको नाम त्यति धेरै सुन्नमा आउँदैन । त्यसमा पनि थोरै व्यक्तिले मात्र सुनेको हुनुपर्छ कि, बोलीभियाको चाँदीको पहाडले परिचित छ ।

बोलीभियाको राजधानी पोटोसी शहरको पहाड भित्र १.२२ अरब टन खनिज पदार्थ छ । जहा सबैभन्दा बढि चाँदी रहेको छ । चाँदी निकाल्ने क्रममा हालसम्म लाखौ व्यक्तिले ज्यान गुमाइसकेका छन् ।
विश्वको सबैभन्दा उच्च स्थानमा रहेको पाटोसि शहर करिब ४०९० मिटर उचाइमा अवस्थित छ । पोटोसि शहर पोटोसि पहाड नजिकै छ । यसलाई चाँदीको पहाड भनेर पनि चिनिन्छ ।
विश्वको सबैभन्दा धनी मानिने यो पहाड ९० किलोमिटर क्षेत्रफलमा फैलिएको छ । लगभग ८००० जनाले रोजगारी पाएका छन् । कल्चरल सर्भाइभल अर्गनाइजेशनका अनुसार उक्त पहाडभित्र रहेको सुरुङबाट निस्किने विभिन्न ग्यास तथा पहिरोका कारण लाखौ व्यक्तिले ज्यान गुमाइसकेका छन् ।
साथै यहाँबाट दैनिक १०० किलोभन्दा बढी हिरा निकालिन्छ । र सयौ वर्ष पहिले देखि लगातार चाँदी निकालिएको छ । समाचार संस्था इएफइ का अनुसार इन्जिनियरले यस क्षेत्रलाई सुरक्षित राख्नको लागी अध्ययन गरिरहेका छन् ।

बोलीभियाको यस पहाडबाट अत्याधिक मात्रामा चाँदी निकालिसकिएको छ भने कैयौ सुरुङहरु बनाइएका छन् । अझै चाँदी तथा अन्य धातु निकाल्ने क्रम जारी छ । यो क्षेत्र अवलोकनका लागी मान्छेहरु विभिन्न ठाउबाट त्यहाँ पुग्ने गर्दछन् । हाल यस पहाडभित्र जान कसैलाई अनुमती छैन ।