२६ साउन, काठमाडौं । नेपालले विश्व फुटबल महासंघ फिफा बरियतामा एक स्थान सुधार गरेको छ । गएको महिना १ सय ७० औं स्थानमा रहेको नेपाल आज सार्वजनिक पछिल्लो बरियतामा एक स्थान उक्लँदै १ सय ६९ औं स्थानमा पुगेको हो ।

एक स्थान तल झरेर ९७ औं स्थानमा पुगेपनि भारत दक्षिण एशियामा अगाडि रहेको छ । माल्दिभ्स १ सय ४२, अफगानिस्तान १ सय ५६, भुटान १ सय ६५, बंगलादेश १ सय ८९, श्रीलंका १ सय ९७ र पाकिस्तान २ सयौं स्थानमा रहेका छन् ।

समग्रमा ब्राजिल एक स्थान माथि उक्लँदै पहिलो र विश्व बिजेता जर्मनी एक स्थान तल झर्दै दोस्रो स्थानमा आइपुग्दा अर्जेन्टिना तेस्रो स्थानमा यथावत रहेको छ । स्वीटजरल्याण्ड, पोल्याण्ड, पोर्चुगल, चिली, कोलम्बिया, बेल्जियम र फ्रान्स क्रमशः तेस्रो देखि दशौं स्थानमा रहेका छन् ।