५ कात्तिक, काठमाडौं । काठमाडौंमा जारी विराट हिन्दु महासंघको बन्दसत्रमा कुटाकुट भएको छ ।

लोकमानलाई बालुवाटार गेटबाटै फर्काइयो !

प्रज्ञा भवनमा जारी बन्दसत्रमा एकलौटी रुपमा अध्यक्ष मनोनयन गर्न लागेको भनेर केही युवाहरुले बिरोध गरेपछि कुटाकुट भएको हो । विवादले उग्ररुप लिएर झडप हुँदा एक युवक घाईते भएका छन् । एकजना हिन्दु धर्मको समर्थक, राजावादी र कमल थापाको कार्यकर्ता भन्ने युवामाथि कुटपीट भएको हो ।

हत्या आरोपित दुई नेता एमालेबाट निष्कासित

राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालको युवा संगठन राष्ट्रिय प्रजातान्त्रिक युवक संगठनका उपाध्यक्ष विक्रम पाण्डेले आफ्नै हिन्दु धर्म अभियानका एक जना सदस्यलाई कुटपीट गरेपछि दुई समुहको विवादले उग्र रुप लिएको हो । विवादलाई नियन्त्रण गर्न अहिले प्रहरी परिचालन गरिएको छ ।

पाकिस्तानी ‘चायवाला’ मोडलिङमा व्यस्त

महासंघले आयोजन गरेको अन्तर्राष्ट्रिय हिन्दु सम्मेलन पूर्व राजा ज्ञानेन्द्र शाहले हिजो पशुपतिको वनकालीमा उद्घाटन गरेका थिए । बन्दसत्रमा ५०–६० जनाको मात्र उपस्थिति छ ।