४ असोज, काठमाडौं । वीरगञ्ज महानगरपालिकाको ताजा मतपरिणाम सार्वजनि भएको छ । कूल खसेको ८४ हजार मतमध्ये अहिलेसम्म ७ हजार मत गणना भइसकेको छ ।

७ हजार मत गणना हुँदा राष्ट्रिय जनता पार्टीले आफ्नो अग्रतालाई यथावत राखेको छ । राजपा नेपालका उम्मेदवार राजेशमान सिंहले २ हजार १४ मत सहित अगाडि छन् ।

उनलाई पछ्याइरहका नेपाली काँग्रेसका अजय द्वीवेदीले १७ सय ८९, संघीय समाजवादी फोरम नेपालका विजय सरावगीले ९ सय ४७, नेकपा माओवादी केन्द्रका रहवर अन्सारीले ७ सय ११ र फोरम लोकतान्त्रिकका विमल श्रीवास्तवले ५ स १६ मत ल्याएका छन् ।