१० असोज, काठमाडौं । वीरगञ्ज महानगरपालिकाको ७३ हजार भन्दा बढी मत गणना भइसकेको छ । ७३ हजार ७२ मत गणना हुँदा सम्म संघीय समाजवादी फोरमले आफ्नो अग्रतालाई कायम राखेको छ ।

फोरम नेपालका प्रमुख पदका उम्मेदवार बिजय सरावगीले १६ हजार ८ सय ४१ मत प्राप्त गरेका छन् । कांग्रेस उम्मेद्धार अजय द्धिवेदीले १५ हजार ५ सय ४० मत ल्याएका छन् ।

राजपा नेपालका राजेशमान सिंहले १० हजार ८१, नेकपा एमालेका बसरुद्धिन अन्सारीले ७ हजार ६ सय १३, नेकपा माओवादी केन्द्रका रहबर अन्सारीले ७ हजार ६ सय २१ र फोरम लोकतान्त्रिकका विमल श्रीवास्तवले ७ हजार १ सय १ मत ल्याएका छन् । ८४ हजार ४ सय ६८ मत खसेको वीरगञ्जमा अब ११ हजारको हाराहारीमा मत गन्न बाँकी छ ।