२४ भदौ, पर्सा ।

प्रदेश नम्बर २ को निर्वाचनको तयारीमा प्रमुख दलका शीर्ष नेताहरु जुटिरहेका छन् । असोज २ गते हुने उक्त निर्वाचनमा प्रदेश नम्बर २ मा एकमात्रै महानगरपालिका वीरगन्जको चुनावलाई लिएर चौतर्फी बहस र चर्चा भैरहेको छ ।

देशकै प्रमुख आर्थिक नगरी एवं दुई नम्बर प्रदेशको एक मात्र महानगरपालिका वीरगन्जको प्रमुख पद हत्याउन दलहरू लागिपरेका छन् । प्रमुख दलसहित मधेसी दल कसरी महानगरको नेतृत्व गर्न सकिन्छ भन्नेमा शक्ति खर्चिरहेका छन् ।

यो महानगरपालिकामा कांग्रेस, एमाले, माओवादी केन्द्र, फोरम लोकतान्त्रिक, फोरम नेपाल, राजपासहित स्वतन्त्र गरी दर्जनौं उम्मेदवारले महानगर नेतृत्वका लागि मनोनयन दर्ता गराएका छन् । वीरगन्ज महानगरपालिकाका मेयरका उम्मेद्धवारहरुले आ–आफ््नो जीत सुनिश्चित भएको दाबी गर्दै आईरहेका छन् ।

मेयरका उम्मेद्धवारहरुले आफूले जिते विरगन्जको समग्र विकास गर्ने र समृद्ध बनाउने प्रतिबद्धता जनाएका छन् । नेपाली कांग्रेसकाका मेयरका उम्मेद्धवार अजय द्धिवेदीले आफनो पहिलो एजेण्डा नै विकास भएको बताए । निर्वाचनमा आफूहरुको मात्रै नभएर जनताहरुको पनि अब परिक्षा आएको उनको भनाई थियो ।

उनले थपे, ‘हामीले भोट दिँदा, राजनीति र समाजको लागि पनि एक भोटले निर्धारण गरिरहेको छ । राजनीतिक निष्ठाको हुन्छ कि हुँदैन रु विकासको लागि पनि कांग्रेसको नेतृत्व हुन्छ ।’ उनले आफू विजयी भए वीरगन्जको रौनक बढाउने, महानगरलार्ई समृद्ध बनाउने आफ्नो योजना रहेको बताए ।

नेकपा एमालेका मेयरका उम्मेद्धवार बसरुद्दिन अन्सारीले धेरै गफ गर्न आफूलाई नआउने बताउँदै भने, ‘मलाई धेरै गफ गर्न आउँदैन, जनता जनार्दन हुन् । जनताले जसलाई मन पराउँछन् त्यसलाई विजयी बनाउँछन् । म आश्वासन र झूठो वचन दिन चाहन्न ।’

उनले आफू मेयरमा विजयी भए जनताले अनुभव गर्ने खालको विकास गर्ने प्रतिबद्धता जनाए । उनले भने, ‘महानगरपालिकाका जनतालाई अनुभव दिलाउनेगरि काम गर्छु, हामी जनता नै मुख्य हौं, योग्य मानिस को हो भन्ने कुरा रु विकासका कामहरु धेरै बाँकी छ । बाटाघाटाहरु खाली छन्, यी सबै बनाउने मेरो प्रण छ ।’

 

कार्यक्रममा नेकपा माओवादी केन्द्रका मेयरका उम्मेद्धवार रहबर अन्सारीले पनि वीरगन्जको विकासको लागि आफूले काम गर्ने विश्वास दिलाए । उनले आफू युवा भएकोले वीरगन्जको विकासको लागि नवीनतम टुल्सको प्रयोग गर्ने बचन दिए ।

उनले आफूलाई पार्टीले विश्वास गरेर टिकट दिएको भन्दै जनताले पनि आफूलाई अध्यधिक मत दिएर विजयी बनाउने विश्वास व्यक्त गरे । उनले वीरगन्जको समग्र विकासको लागि र समृद्ध महानगरको लागि आफूसँग स्पष्ट भीजन रहेको समेत सुनाएँ ।

राजपा नेपालका मेयरका उम्मेद्धवार राजेशमान सिंहले ठूलाठूला कुरा गरेर विकास नहुने बताए । उनले भने, ‘जनताकोसामु हामीले ठूलो वाचा लिएर आएका छैनौं, विरगन्जका जनताले राजपा नेपाललाई मतदान दिन्छन् । जनताको दुःखमा को काँधमा काँध लिएर हिँडेको छ भन्ने कुरा यहाँका जनताहरुलाई राम्रोसँग थाहा छ, त्यसैले हामी बोल्नुभन्दापनि काम गरेर देखाउँछौं।”

त्यस्तै उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरमको तर्फबाट विजयी सरागवीले पनि आफूले वीरगन्जको विकासको लागि धेरै काम गरेको र भोलिका दिनमा नेपालकै नमूना महानगर बनाउने प्रणका साथ आफू मेयरको लागि मैदानमा उत्रिएको बताए । उनले आफू विजयी भए वीरगन्जको मुहार फेर्ने समेत विश्वास दिलाए ।