एजेन्सी । हिजोआजको व्यस्त जीवनशैलीमा वृद्ध अवस्थामा पुगेका अग्रजको रेखदेख गर्ने मान्छे नभइरहेका बेला एक अन्तराष्ट्रिय समूहले वृद्ध व्यक्तिलाई राम्रो रेखदेख गर्ने रोबर्ट निर्माणमा जुटेका छन् ।

जापान र यूरोपीयन संघको २० लाख पाउन्डको यस परियोजनामा तयार गरिने यस रोबर्ट सांस्कृतिक र संवेदनशील हुनेछ । यो रोबर्ट तीन बर्षभित्र बन्नेछ । योसँगै वृद्ध–वृद्धालाई राख्न बनाइएको केयर सन्टर, आवास तथा आश्रमलाई कम दबाब पर्ने परियोजनाको विश्वास छ ।

यो रोबर्टले औषधी खान, पानी दिन तथा अन्य धेरै काममा वृद्ध–वृद्धालाई मद्दत गर्नेछ । यस रोबर्टलाई संवेदनशील बनाउँन बेलायतका मिडलसेक्स युनिभर्सिटी र बेडफोर्डशर विश्वविद्यालयका वैज्ञानिकले मद्दत गर्नेछन् ।

‘बेलायतमा मात्रै १५ हजारभन्दा बढी सय बर्ष काटेका वृद्ध–वृद्धा छन् र यो संख्या अझै बढ्ने छ । यदि वृद्धको राम्रो रेखदेख गर्ने रोबर्ट तयार भएमा वृद्ध–वृद्धालाई केयर सेन्टर तथा वृद्धाआश्रम जान पर्दैन ।’ परियोजनामा सहभागी प्रोफेसर आइरीना पैपेडोपूलसले भने ।