२८ फागुन, युएई । युएई लागि नेपाली कार्यबाहक राजदुत नेत्र बहादुर टन्डनले वैदेशिक रोजगारको लागि युएई आउने घरेलु महिला कामदारहरुलाइ चोरबाटो नभइ मुलबाटोबाट आउन आग्रह गरेका छ्न ।

नेपाली राजदुतावास आबुधावीको आयोजनामा दुबईमा आज भएको अन्तरक्रियामा कावा राजदुतले चोरबाटोबाट विदेश जाँदा आफैले समस्या भोग्नुपर्ने भन्दै मुलबाटोबाट आउन आग्रह गरेका हुन ।

कार्यक्रममा वैदेशिक रोजगारीमा आउनेहरू, भिजिटमा आउने र आफन्त ल्याउन चाहनेहरुलाई आवश्यक प्रक्रिया र कागजातहरुको विषयमा चेतनामुलक जानकारी प्रस्तुति देखाइएको थियो ।

कार्यक्रममा युएईमा रहेका व्यवसायी संघ सस्थाका प्रमुख तथा प्रतिनिधि जनजाती, पत्रकार साथै सर्वसाधारण नेपालीहरुको सहभागी थियो ।