३० चैत, काठमाडौं ।

सँगै मर्ने सँगै बाच्ने कसम खाएर विवाह बन्धनमा बाँधिएका जाजरकोट भैरीमालिका १२ का खिमराज मल्ल र सोही ठाँउकी सुनिता मल्लाको सम्बन्ध चार वर्ष पनि टिक्न सकेन ।

२०६८ सालमा विवाह गरेका खिमराज धेरै पैसा कमाएर सुखी जीवन जिउने अभिलाषासहित २०७० सालमा वैदेशिक रोजगारीको लागि मलेसिया गए ।

दुई वर्षपछि गत भदौमा मलेसियाबाट घर फर्केका खिमराजकी पत्नीसँग केहि दिन राम्रै सम्बन्ध रहेको थियो ।

तर गाँउघरमा उनी विदेशमा गएको बेला पत्नी परपुरुषसँग सम्बन्ध राख्ने गरेको कुरा गाईगुइ सुनेपछि दम्पतीबीच खटपट सुरु भयो ।

दिनहुँ खिमराजले श्रीमतीलाई कुटपिट गर्न थाले । त्यसपछि श्रीमति माइत गइन् । त्यसको केही दिनपछि खिमराजले आर्को विवाह गरर भारततिर गए । जेठी श्रीमती सुनिताले सम्बन्धविच्छेदको मुद्दा दर्ता गरिन् । अन्त्यमा लेनदेनमा सम्बन्ध विच्छेद भयो ।

यतिवेला जाजरकोटलगायत देशैभरी वैदेशीक रोजगारीकै कारण सम्बन्धविच्छेदका घटना बढ्दै गएका छन् । राजधानी दैनिकमा समाचार छ ।