२६ असार, दमौली । व्यास नगरपालिकाले आर्थिक वर्ष २०७४/७५ का लागि रु ८० करोड ७१ लाख ७७ हजार बराबरको बजेट प्रस्तुत गरेको छ ।

नगर प्रमुख बैकुण्ठ न्यौपानेले आधुनिक कृषिसम्बन्धी कार्यक्रम, फोहोर मैलाको दिगो व्यवस्थापन, ऊर्जाको संकट न्यूनीकरण र जनसहभागितामा आधारित योजनालाई उच्च प्राथमिकतामा राखी बजेट विनियोजन गरिएको बताए ।

उनले दमौली–नवलपरासी जोड्ने द्रुतमार्ग निर्माण, राष्ट्रिय गौरवको जलविद्युत् आयोजना समयमै निर्माण अघि बढाउन समन्वय गर्ने, महिला बालबालिकाको क्षमता वृद्धि, सार्वजनिक जग्गाको पहिचान गरी संरक्षण गर्नेलगायत कार्यक्रमलाई बजेटमा प्राथमिकतामा राखिएको बताए ।