मानव शरीरमा रौंको महत्व छ । स्त्रीको कपाललाई सुन्दरताको प्रतिक मानिन्छ । पुरुषको छातीमा रौं छ भने त्यसलाई पुरुसत्वको संकेत मानिन्छ ।

तर पछिल्लो समयमा शरीरको हरेक स्थानमा रौं सफा गर्ने चलन बढ्दै गएको छ । शरीरका विभिन्न भागका रौं हटाउनका लागि विभिन्न उपकरण पनि बजारमा पाइन्छ । पुरुषहरुले समेत छातीका रौं हटाउन थालेका छन् । यहाँ शरीरका विभिन्न भागमा रौं हुनु र नहुनुको महत्व काट्न हुने र नहुने विषयमा चर्चा गरिएको छ ।

छातीको रौं

उमेर बढ्दै जाँदा पुरुषको छातीमा रौं बढ्दै जान्छन् । पुरुषको शरीरमा हुने testosterone हर्मोनका कारण रौं बढ्ने गर्छ । यसको यदि कुनै पुरुषको छातीमा रौं छैन भने यो हर्मोनको कमी भन्ने बुझिन्छ । तर छातीमा रौं नहुनु अस्वस्थ हुनुको लक्षण भने होइन । पुरुषको छातीमा हुने रौं नकाट्नु राम्रो मानिन्छ । कतिपय अवस्थामा छातीका रौं काट्दा अस्वस्थ हुने खतरा समेत हुन्छ ।

hair of male

काखीका रौं

काखीका रौं हटाउने चलन बढेर गएको छ । केटीहरुले त काखीको रौं देखाउन मन नै पराउँदैनन् । काखीमा रौं बाट Pheromones नामक तत्व निस्किन्छ जसले तपाइँको एक प्रकारको गन्ध आउँछ । यसले विपरित लिङ्गीलाई आकर्षित गर्ने समेत मानिन्छ । छातीको रौं पनि निमिट्यान्न पार्नु भन्दा पसिना नआउने गरी राखेको राम्रो मानिएको छ ।

hair of male 1

नाकमा हुने रौं

नाकमा आउने रौंलाई मानिसहरु हटाउन मन पराउँछन् । तर स्वास्थ्यका दृष्टिले नाकको रौंलाई पनि राम्रो मानिएको छ । नाकको रौंले हामीले जीवनका लागि लिने स्वासमा रहेका खराव कुरालाई रोकेर छान्ने काम गर्छ । नाकको रौं ज्यादै ठूलो भएर नराम्रो भएमा सानो पार्नु फरक कुरा हो तर निमिट्यान्न पार्नु राम्रो मानिँदैन ।

hair of male 2

आँखामा हुने रौं

पछिल्लो समयमा महिलाहरुले आँखाका परेला देखि आँखी भौं सम्म मिलाउँछन् र काट छाँट गर्छन् । तर आँखाको रौंले पनि आँखाको रक्षा गर्छ । प्रदुषणबाट बचाउँछ र आँखामा हुने समस्या कम गर्छ । सके सम्म आँखाका रौं नकाटेको स्वास्थ्यको दृष्टिले रा्रो मानिएको छ ।

कानका रौं

कानमा रौं कम मान्छेका हुन्छन् । कानका रौंले पनि हाम्रो स्वास्थ्यमा महत्वपूर्ण भूमिका खेलेको हुन्छ । यसले कानमा विभिन्न धुलो र नचाहिने कणलाई रोक्छ । तर कानमा बढी रौं हुनु भने राम्रो मानिँदैन । कानका रौं पनि मिलाउनु राम्रो मानिन्छ तर निमिट्यान्न पार्नु हुँदैन ।

hair of male 3

खुट्टाको औंलाको रौं

स्त्रीहरुले खुट्टाको रौं पनि हटाउने चलन छ । यसले लुक्समा असर पर्ने उनीहरु ढान्छन् । तर खुट्टाको रौंले तपाइँको शरीरमा रक्त सञ्चार राम्रो भएको देखाउँछ । यहाँका रौं हटाउनु राम्रो मानिँदैन । यसले रोग समेत निम्त्याउन सक्छ ।

hair of male 4

खराव किरणबाट बचाउ
शरीरमा हुने रौं देख्दा राम्रो नदेखिएपनि यसले राम्रो काम गरिरहेको हुन्छ । खासमा रौं ले सूर्यको विषालु किरणबाट छाला बचाउँने काम गर्छ । रौंलाई सके सम्म हटाउनु हुँदैन । नराम्रो देखिएमा मिलाउनु राम्रो मानिन्छ ।

hair of male 5

यो पनि हेर्नुस्

शरीरका यी भागमा रौं भएको अशुभ