एजेन्सी । अंग्रेजी नयाँ बर्ष सुरु भएसँगै बलिउडमा किङ खान अभिनित फिल्म ‘रईस’ र ऋतिक रोशन अभिनित फिल्म ‘काबिल’ बिचको प्रतिस्पर्धाको चर्चाले बजार तातेको छ। किनकि, यी दुवै अभिनेताको फिल्म एकै दिन २५ जनवरीबाट रिलिज हुँदैछ ।

दुई ख्याति प्राप्त अभिनेताबीचको यो प्रतिस्पर्धालाई लिएर धेरै अनुमान लगाउन थालिएको छ र बक्स अफिसमा कसको वर्चस्व रहने छ भनेर । यदि फिल्मको एडभान्स टिकट बुकिङलाई मान्ने हो भने अहिलेसम्म शाहरुखको ‘रईस’ अगाडि छ ।

रईसको एडभान्स बुकिङ काबिलभन्दा पहिलेदेखि सुरु भइसकेको थियो । यद्यपी, भारतका केही शहरको चर्चित हलहरुमा मात्रै यो ट्रेन्ड देखिएको छ । काबिल र रईस दुईटै फिल्मको एडभान्स बुकिङ २१ जनवरीबाट सुरु गरिएको छ ।

त्यसो त कुनै पनि फिल्म पहिलो, दोस्रो वा तेस्रो दिनको व्यापारले सफल भएको मानिँदैन । किनकि, कुनै कुनै फिल्मले दोस्रो हप्तापछि राम्रो व्यापार गरेको पनि देखिएको छ । तर, अहिले अग्रिम बुकिङको ट्रेन्डलाई हेर्ने हो भने शाहरुखको रईस अगाडि छ ।