एजेन्सी ।

हुन त बलिउडमा प्रेम सम्बन्ध जुटेका र टुटेका खवर बनिनै रहन्छन् । तर पछिल्लो समयमा बढी चर्चामा छन् । अभिनेता शाहिद कपुर । शाहिद कपुरले दिल्लीकी युवती मीरा राजपुतसँग विवाह गर्ने तयारीमा रहेको जानकारी सार्वजनिकरुपमै दिएका छन् ।

sahid meera

भारतीय मिडियामा भने शाहिदकी पत्नी हुन लागेकी मीराको अर्कैसँग प्रेम सम्बन्ध रहेको भन्दै हंगामा भएको छ । मीराका लागि शाहिद भन्दा अगाडी अरु नै राजकुमार रहेको भारतीय सञ्चार माध्यममा चर्चा छ ।

मीराको यस अघि आदित्य लाल नामका युवकसँग सम्बन्ध रहेको र यो सम्बन्ध हालै मात्र ब्रेकअपमा बदलिएको समेत समाचारमा जनाइएको छ ।

sahid kapoor meera

बलिउड लाइफ डटकमका अनुसार यी २ जनाबीच निक्कै लामो समय सम्म प्रेम सम्बन्ध थियो । उनीहरु लामो समय डेटिङ पछि हालै मात्र छुट्टिएका थिए ।

आदित्य लण्डन जानु अघि उनीहरुबीच सम्बन्ध टुटेको बताइएको छ । अघिल्लो वर्ष समेत आदित्यले मीरासँग नजिक हुने कोशिस गरेपनि मीरा शाहिदसँग नजिकिएका कारण उनीहरुबीच सम्बन्ध स्थापित हुन नसकेको समेत बताइएको छ ।

शाहिद कपुरको नाम पनि बलिउडमा थुप्रैसँग जोडिएको थियो । उनी र करिना कपुरबीचको सम्बन्ध त निक्कै चर्चामा थियो ।

यो पनि हेर्नुस्

शाहिद कपुर र श्रद्धा कपुरले के सम्म गरे (फोटो फिचर)

शाहिदको जीवनमा फर्किँदै करिना

प्रियंकासँग रोमान्स गरेका ५ प्रेमी (फोटो फिचर)