११ भदौ, एजेन्सी।

बलिउड नायक शाहिद कपुर पिता बनेका छन्। शुक्रबार बेलुकी करिब ८ बजे शाहिदकी पत्नी मीरा राजपूतले मुम्बइको एक अस्पतालमा छोरी जन्माएकी हुन।meera rajput sahid

२.८ किलोग्राम तौलकी छोरी सहित पत्नी लिएर शाहिद घर फर्किएका छन्। अस्पतालबाट पाँच दिनपछी यी दम्पती घर फर्किएका हुन।

हालै कुनै फिल्ममा नदेखिएका शाहिदलाई छिट्टै कुनै फिल्ममा देखिने सम्भवना पनि कम छ। छोरी र पत्नीसंग केही समय शाहिद व्यस्त हुने हुँदा उनी चाडै अभिनयमा फर्किने छैनन्।