६ भदौ, हेटौंडा ।

स्थानीय वासिन्दा माथि सिमेन्टका कर्मचारीले अभद्र व्यवहार गरेको भन्दै हेटौंडामा रहेको शिवम सिमेन्टमा तालाबन्दी गरिएको छ । स्यानीय ठाउँमा उद्योग चलाउने र स्थानीयलाई नै अभद्र व्यवहार गर्ने भन्दै गाउँलेले उद्योगको मुलगट बन्द गरेका छन् ।

उद्योगका सवारीका कारण सडक बिग्रिएको भन्दै स्थानीय वासिन्दाले एचआर म्यानेजर सञ्जय सुवेदीलाई गुनासो राख्दा सडक बनाउने भन्दा पनि गाउँलेलाई अभद्र व्यवहार गरेको आरोप स्थानियले लगाएका छन् ।

स्यानियको आन्दोलनका कारण उद्योगको उत्पादन बाहिर जान सकेको छैन । गाउँलेले सडक चाडै र मापदण्डअनुसार बनाउन माग गर्दै म्यानेजर सुवेदीकोमा गएका थिए ।