२८ बैशाख, काठमाडौ । लोकमानसिंह कार्कीको विरोधमा आन्दोलन गरिरहका ११ विद्यार्थी संगठनहरुले भोलीका लागी आव्हान गरेको बन्दको कार्यक्रम फिर्ता लिएका छन् ।

विभिन्न कार्यक्रम मार्फत आन्दोलनका कार्यक्रममा गरिरहेका विद्यार्थी संगठनहरूले भोली गर्ने भनिएको बन्द फिर्ता गरेका छन् । कार्कीलाई अख्तियार दुरूपयोग अनुसन्धान आयोगको प्रमुखमा नियुक्त गरेको विरोधमा उत्रिएका विद्यार्थी संघठनहरुले ११ विद्यार्थी संगठनले वन्दले दैनिक जनजिवन कष्टकर हुने तथा स्ववियू निर्वाचनलाई समेत असर गर्ने भएकाले फिर्ता लिएको बताएका छन् ।

आज दिउँसो अनेरास्ववियुको कार्यालय बागबजारमा बसेको ११ विद्यार्थी संगठनको बैठकले वन्द फिर्ता लिने निर्णय गरेको अनेरास्वियुका अध्यक्ष माधव ढुङ्गेलले जनाएका छन् । उनका अनुसार स्ववियू निर्वाचन नजिकिँदै गरेको अवस्थामा निर्वाचनमा केन्द्रित हुनुपर्ने भएकाले बन्द फिर्ता गरिएको जनाएका छन् ।

तर, विद्यार्थी संगठनहरुको यो बन्द फिर्ता शीर्ष नेताहरुको ठाडो आदेशमा गरिएको आशंका गरिएको छ । शीर्ष नेताहरू आफैले लोकमानसिंहको नाम सिफारिस गरेको र त्यसमा कुनै विरोध नगर्न भन्दै बन्द फिर्ता लिन आदेश दिएपछी फिर्ता लिएको हुन सक्ने बताइएको छ ।

स्ववियू निर्वाचनलाई लिएर देशको अस्तित्व संकटमा पर्ने भन्दै आएको विषयलाई गौण बनाउनुको अर्थ शीर्ष नेताहरूको ठाडो आदेश हुन सक्ने सहज अनुमान गर्न सकिन्छ । या त यो विद्यार्थीहरू देश भन्दा पनि पार्टी र निर्वाचनमा केन्द्रित भएका हुन सक्छन् ।