२२ साउन, काठमाण्डौं ।

साउन १३ गतेदेखि स्थगित भएर आजका लागि बोलाइएको संविधानसभाको बैठक स्थगित भएको छ । आज पाँच बजेका लागि बैठक बोलाइएको थियो । संविधानसभा सचिवालयले संविधानसभाका अध्यक्षले विशेष कारणले भोली दिउँसो ३ बजेसम्मका लागि स्थगित भएको जनाएको छ ।

तर दलहरुबीच भइरहेको छलफल निष्कर्षमा पुग्न नसकेपछि बैठक स्थगित भएको थियो । यसअघि दिउँसो एक बजेका लागि बोलाइएको राजनीतिक संवाद तथा सहमती समितिको बैठक पनि दिउँसो ४ बजेसम्मका लागि स्थगित गरिएको थियो ।

पटक पटक भाका तोकेर सहमती गर्ने बताएका दलका नेताहरु आज पनि सहमती गर्न सकेका छैनन् । संविधानसभाको बैठक नै स्थगित गरेपछि दलहरुबीच आज पनि सहमती नहुने भएको छ ।