बोमलाल गिरी

एका बिहानै फेसबुकको म्यासेन्जरमा म्यासेज आयो । साथी दिपेन्द्र कुँवरले गरेका रहेछन् । लेखेका थिए, ‘मलाई संविधानविद डा. बिपिन अधिकारीको मोवाइल नम्बर देउ न ।’ मलाई पनि नम्बर कण्ठै रहेछ, फ्याट्ट दिइहाले । एकछिन त मतलवै भएन, अरु दिनको जस्तै सामान्य कुराकानी जस्तै लाग्यो ।

Bomlal giri (3)

बोमलाल गिरी

‘किन चाहियो बिपिनको नम्बर ?’ ‘पूरै कार्यकालभरी संविधानसभाको रिपोटिङ गरेको मान्छेलाई आज के हो भन्ने पनि थाहा छैन ? मेरो प्रश्नमा व्यग्य गर्दै उनले छोटो जवाफ दिए । म एकछिन त सोचमग्न भए ।

अनलाइनहरु खोलेर हेरौं कि जास्तो लाग्दै थियो । तर त्यो गर्न नपाउँदै मेरा रुम पार्टनर कमल रायमाझीले मोवाइलको लाइभ नोटिफिकेशनमा बाहिरै आवाज आउने गरी एउटा भिडियो हेर्न थाले । ‘के रहेछ आज काठमाण्डौको टुँडिखेलमा त भब्य कार्यक्रम भइराछ त’ उनले सुनाए ।sambidhan sabha bhawan

मैले पनि निक्कै चासो दिएर हेरें । दुईवटा हेलिकोप्टरले पुष्प बृष्टि गरिरहेका थिए । हेलिकोप्टरको ब्यानरमा लेखिएको थियो ‘संविधान दिवस’ । म झल्यास्स भए ।

ए म पनि कस्तो बुद्धु पो भएछु त । पहिलो संविधान दिवस पनि कसरी बिर्सन सकेको हुँला ! मेरो व्यस्तताका कारणले होला भनेर एकछिन त मन बुझाउने प्रयास गर्दै थिए । तर मनले त्यत्तिमा मानेन ।Bomlal giri (1)

संविधानसभाको झण्डै ८ वर्षको कार्यकालमा त मैले पुरै समयको लगानी पो गरेको छु त । समिति र संविधानसभाका बैठकहरुमा धेरैजसो समय त सभासद्हरुभन्दा पहिले नै पुग्थे । अनि दिनभरि अनलाइन र रेडियोलाई समाचार, बेलुकी रेडियो रिपोट बनाउने त मैरो दैनिकी जस्तै भएको थियो ।

त्यो अवधिभरी रेडियोबाट ‘संविधान विषेश’ कार्यक्रम सञ्चालन गरे । आधाभन्दा बढी सभासद् अनि संविधानविद र राजनीतिक विश्लेषक मेरा अतिथि रहे । त्यसमध्ये संविधानका धारा उपधारामा स्टुडियोमा बोलाएका त्यसका सकारात्मक र नकारात्मक पक्ष केलाउने गरी मलाई धेरै समय दिने अतिथि थिए तीनै संविधानविद डा. अधिकारी ।

आज फेरी साथी दिपेन्द्रले उनैलाई सम्झदा मलाई पनि ती पुराना दिनको याद आयो । अनि मेरो मनले मान्दै मानेन कि मेरो व्यस्तताले मात्र संविधान दिवस बिर्सेको हुँ ।

त्यसपछि मनमा धेरै कुराहरु खेल्दै गए । त्यसैले केही लेख्न मन लाग्यो । कुरा संविधान दिवस र त्यसका प्राप्त उपलब्धीकै हो । त्यो दिन सम्झनका लागि त विशेष हुनु पर्छ । अथवा त्यसका उपलब्धी प्राप्त हुनुपर्छ ।

मलाई विषयबस्तुको धेरै गहिराईमा पुगेर टिप्पणी गर्न मन छैन । मात्र जनताले प्रश्न उठाउने गरेका संविधान कार्यान्वयनका सतही कुराः

संविधान जारी भएको एक वर्षमा जनताले के पाए ? संविधान जारी हुनुअघि बाँडिएका आश्वासन अनुसार परिवर्तनको महसुस गर्न पाएकी पाएनन् ? उपलब्धी के भयो ? संक्रमणकालिन अवधि हो भनेर उम्कने प्रयास गर्ने हो भने एक वर्षमा पुरा गछौं भनेर गरिएका वाचा कति पूरा भए ? संविधान कार्यान्वयन गराउन आवश्यक पर्ने दलीय सम्बन्ध कत्तिको मजबुत बन्दैछ ? स्थानीय, प्रदेश र केन्द्रीय तहको चुनाव गर्ने भनिएको मितिमा चुनाव हुने आधारहरु कत्तिको बन्दैछन् ? त्यसका लागि र संविधान कार्यान्वयनका लागि चाहिने कानूनको हविगत के छ ? मैले उठाउन खोजेका प्रश्न यत्ति मात्र हुन् ।

मैले यी विषय बस्तुको गहिराईमा पुगेर आलोचना गर्न चाहन्न । सायद म भ्रममा छैन भने संविधानमा व्यवस्था भए अनुरुप एक वर्षमा प्रादेशिक उच्च अदालत गठन गर्ने व्यवस्था एकदिन अघि कार्यान्वयनमा आएपनि त्यसबाहेक अरु कुनै महत्वपूर्ण उपलब्धी भएको छैन ।

संविधान पछिको एक वर्षमा दुईवटा सरकार बने । संविधान जारी भएसँगै बिग्रिएको दलीय सम्बन्ध एउटा सरकार ढालेर अर्को गठनसँगै झन बिग्रदो छ । अवको १६ महिना भित्र स्थानीय तहको चुनाव गराउने भनिए पनि त्यसको आधार बन्न सकेको छैन । प्रदेश सिमांकनको राजनीतिक टुंगो लाग्न सकेको छैन । प्रदेश प्रमुखको नियुक्ति, स्थानीय तहको संरचना निर्धारण, प्रादेशिक राजधानी, नयाँ संवैधानिक निकायको गठन लगात थुप्रै कुराहरु छन्, जुन अवको १६ महिनामा पुरा गर्नु पर्छ । तर दलीय सम्बन्ध सुमधुर नभएसम्म त्यो सम्भव छैन ।

संविधान जारी गर्दा एकजुट रहेका दलहरुबीचको सम्बन्ध त सुध्रिन सकेको छैन भने संविधानको विरोध गरिरहेका मधेस केन्द्रीत दलहरुको सम्बन्ध त झन के होला ? पहिलो संविधान दिवसलाई पनि उनीहरुले कालो दिन भनेर मनाइरहेका छन् । उनीहरुलाई मनाउने प्रयास पनि सफल हुन सकेको छैन ।

मधेसी मोर्चालाई सहमतीमा नल्याएसम्म स्थानीय तहको चुनाव सम्भव छैन । सरकारसँग अहिलेसम्म संविधान कार्यान्वयन सम्बन्धी कार्यतालिका समेत छैन । यसले जनतामा निरासा बढ्दैछ । नयाँ संविधानले पनि के दियो र भन्ने प्रश्नको निराकरण हुन सकेको छैन । यी गम्भीर विषयमा राजनीतिक नेतृत्वले कत्तिको ध्यान दिएको छ त्यसले अवको भविष्य निर्धारण गर्नेछ ।

सभासद्ले जत्तिकै समयको योगदान संविधान निर्माणमा मैले पनि गरेको छु । तर ८ वर्ष संविधानसभाको रिपोटिङ गरेर संविधान जारी भएसँगै परदेशिएको मैले पहिलो संविधान दिवस नै त भुतुक्कै बिर्सेछु । तर परदेशबाट संविधानसभा दिवसलाई सम्झना सोच्दैछु मैले संविधानसभालाई के दिएभन्दा पनि संविधानले मलाई के दियो र !?