सरकारले संविधान संशोधन प्रस्ताव दर्ता गरेपछि राजनीतिक दलहरुको बीचमा विवाद चर्किएको छ । संसद र सडकमा आन्दोलन चर्किएको छ । दुई साता हुन लाग्दा समेत राजनीतिक दलहरुबीच संवादहिनता देखिएको छ । समस्यामाथि समस्या थपिएका छन् । समस्याको समाधान गर्नतिर सरकार प्रमुख प्रतिपक्ष दल जिम्मेवारपूर्वक लागेको छैनन् । यसै सन्दर्भमा नेपाली कांग्रेसका नेता डा. रामशरण महतसँग नेपाली हेडलाइन्सका लागि प्रयास पराजुलीले गरेको कुराकानीः–

ram-sharan-mahat-nc

डा. रामशरण महत
नेता, नेपाली कांग्रेस

नेपाली कांग्रेस संविधान संशोधन प्रस्ताव प्रक्रियामा लैजान एमालेले अवरोध गर्नु हुँदैन । एमालेले यो राजनीतिक नैतिकता देखाएन । यो बेठिक भयो । संविधान संशोधन प्रस्ताव प्रक्रियामा नै जानबाट रोक्नु उचित होइन । अहिलेको अवस्थामा सरकारले ल्याएको संविधान संशोधन पास हुँदैन ।

संघीयता कठिन व्यवस्था
नेपालमा जसरी संघीयतामा जाने व्यवस्था गरियो । यो निकै कठिन व्यवस्था हो । राजनीतिक सुझबुझको साथ ल्याउनु पर्ने हो । तर पर्याप्त छलफल र बहस नभइकनै यो व्यवस्था आयो । संघीयताको नाममा अहिले त सामान्य मात्र विरोध र विवाद देखिएको छ । यसले भविष्ययमा निकै ठूलो असर पुर्याउनेछ । संघीयताको व्यवस्थापन गर्ने काम राजनीतिक दलहरुकै हो । यसमा सबै राजनीतिक जलहरु चनाखो हुनुपर्छ । जातियता र क्षेत्रियताको आधारमा संघीयता हुनुहुँदैन । संघीयताको व्यवस्थापन गर्न अहिले निकै कठिन काम हुँदै गएको छ ।

समस्या समाधान गर्न प्रचण्ड र देउवाले भूमिका खेल्नु पर्छ
संविधान संशोधन प्रस्ताव दर्ता गरेपछि उत्पन्न परिस्थितिको समाधान खोज्नको लागि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र ठूलो पार्टीका हैसियतमा कांग्रेस सभापति शेरबहादुर देउवाले भूमिका खेल्नु पर्छ । प्रधानमन्त्री प्रचण्ड अघि बढी गम्भीर भएर लाग्नु पर्छ । देउवाले पनि पर्याप्त भूमिका खेल्नु पर्छ । प्रमुख प्रतिपक्ष दल पनि जिम्मेवार हुनुपर्छ । माग राख्ने काममा अडान राखेर बस्नु उचित होइन ।

माग माथि माग राख्ने मोर्चाको तरिका ठिक भएन
मधेसी मोर्चाको माग सम्बोधन गर्नको लागि सरकारले जायज माग सम्बोधन गर्नको लागि संविधान संशोधन प्रस्ताव ल्याउनु पर्दथ्यो । सरकारले ल्याएर ठिक काम गरेको छ । जायज माग सम्बोधन पनि गर्नुपर्छ । माग राख्ने नाममा एकपछि अर्को माग थोर्पने काम राम्रो भएन । विधि र प्रक्रियामा रहेर सबै मागको सम्बोधन हुन्छ । माग राख्दैमा सबै माग एक पटक सम्बोधन हुन सक्दैन । समय र परिस्थिति अनुसार संविधान संशोधन गर्नुपर्छ ।

महाअभियोग प्रस्ताव किन खै किन लम्बियो ?
अख्तियार प्रमुख लोकमानसिंह कार्की विरुद्ध संसदमा दर्ता भएको महाअभियोग प्रस्ताव पनि संविधान संशोधन प्रस्तावको कारण छायाँमा परेको छ । महाअभियान प्रस्ताव दर्ता भएर संसदमा छलफल भएपनि प्रक्रियामा जान सकेको छ्रैन् । कुनै पनि प्रस्ताव एक दिन छलफल गराएर सभामुखले प्रक्रियामा पठाउनु पर्ने हो । तर खै किन के कारणले लम्बिएको छ ? डेढ महिना वितिसक्दा पनि महाअभियोग सिफारिस समितिमा जान सकेको छैन् ।

समस्याको समाधान निर्वाचन
अहिलेको समस्याको समाधान भनेको स्थानीय निकायको निर्वाचन हो । स्थानीय निकायको निर्वाचन घोषणा गरेर सबै राजनीतिक दलहरु चुनावमा जानुपर्छ । संविधान कार्यान्वयन गर्नको लागि पनि चुनावमा जानुपर्छ । संविधान संशोधन प्रस्तावलाई थाती राखेर सबै राजनीतिक दलहरु निर्वाचनमा जानुपर्छ । निर्वाचन महत्वपूर्ण कुरा हो । अनावश्यक रुपमा अलमलिनु भन्दा जनमतको सम्मान गर्नको लागि निर्वाचनमा जानुपर्छ । प्रमुख राजनीतिक दलहरुबीच समझदारी कायम गरेर निर्वाचनमा जानुपर्छ ।

यो पनि पढ्नुस्

ओली भडुवा, ओलीकै कारण विभाजनको रेखा कोरियो- देउवा
ओलीको अडान, प्रचण्ड र देउवाको नयाँ प्लान
संसोधनको विपक्षमा १ तिहाइ सांसदको विज्ञप्ति निकाल्ने एमालेको तयारी