७ माघ, काठमाडौं ।

नवनियुक्त खानेपानी तथा सरसफाईमन्त्री प्रेमबहादुर सिंहले संविधान संशोधन भन्दापनि कार्यान्वयन अहिलेको आवश्यकत्ता भएको स्पष्ट पारेका छन ।

शुक्रबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै नवनियुक्त मन्त्री प्रेम बहादुर सिंहले संविधान कार्यान्वयन गर्दै जाँदा आवश्यक परे संविधान संशोधन हुन सक्ने बताएका हुन ।

Minister for Water Supply and Management Prem Bahadur Singh

आफूले नै पहिलो पटक नेपालमा हेभ्भी पम्पिङ् परियोजनाहरु समेत सुरु गरेको उल्लेख गर्दै उनले, गोरखा, हलेसी लगायतका विभिन्न ठाउँमा हेभी पम्पिङ् प्रोजेक्टहरु कार्यान्वयनमा आउँदै गरेको जानकारी दिए ।

त्यस्तै तराईमधेशका २० जिल्लामा समेत तराई खानेपानीसुधार आयोजना सुरु गरिएको र त्यसअन्र्तगत १ सय ६ आयोजनाहरु कार्यान्वयनमा आउने चरणमा रहेको उनको भनाई छ ।

त्यस्तै नवनियुक्त महिला, बालबालिका तथा समाज कल्याण मन्त्री कुमार खड्काले पनि आफू संविधान संशोधन गर्छु भनेर कबुल गरेर मन्त्री नबनेको स्पष्ट पारे ।