२७ पुस, इनरुवा । नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले संविधान संशोधन प्रस्ताव छिनोफानो भएपछि मुलुक निर्वाचनमय हुने बताएका छन ।

नेपाली काँग्रेस सुनसरीले मंगलबार इनरुवामा आयोजना गरेको अन्तरक्रियामा उनले केही असन्तुष्टिका बीचमा प्रस्ताव दर्ता भए पनि पारित हुने विश्वास व्यक्त गरे ।

congress mahaadhivesan khulla manch kathmandu krishna sitaula

नेता सिटौलाले अहिलको वर्तमान समस्या संविधान संशोधनबाट समाधान हुने र मुलुक निर्वाचनमा जाने बताउँदै वैशाखभित्रै स्थानीय तहको निर्वाचनको तयारी भइरहेकाले यसका लागि तयार रहन नेता तथा कार्यकर्तालाई निर्देशन दिए ।

एमाले नेतृत्वको सरकारले भन्दा वर्तमान सरकारले सकारात्मक काम गरिरहेको उनले बताए ।