२२ पुस, काठमाडौं।

लुटको अपार सफलताले नेपाली फिल्म इन्डस्ट्रिले नै नयाँ मोड लिएको थियो। लुटको कथा सकिएकै ठाउँबाट ‘लुट २’ रिलिज हुने भएको छ। फिल्म रिलिज हुन त समय लाग्छ नै तर ‘लुट २’ को ट्रेलर भने अहिले देखिने युट्युटबमा  सनसनी मच्चाउँदैछ।loot-2-14670211

बिहिबार साँझ युट्युबमा रिलिज भएको ट्रेलर करिब साढे दुइ लाख पटक हेरिसकिएको छ।

साथै फिल्मको ट्रेलर अघि नै रिलिज गरिएको ‘लैजाऊ घुमाउन ठमेल बजार..’ बोलको गीत युट्युवमा निकै हेरिने भिडियो मध्येमा पर्छ।

निश्चल बस्नेतको निर्देशनमा बनेको ‘लुट २’मा ट्रेलरमा दयाहाङ राई, सौगात मल्ल, कर्मा शाक्य, विपीन कार्की, ऋचा शर्मा लगायतको अभिनय रहेको छ। फिल्म फागुन १३ मा रिलिज हुनेछ।