नोस्ट्रेडमस १६ शताब्दीका दार्शनिक हुन जसले विश्वका धेरै महत्वपूर्ण घटनाहरुको भविष्यवाणी गरेका थिए।

उनको भविष्यवाणीमा विश्वास गर्नेहरु भन्छन् नोस्ट्रेडमसले फ्रेन्च रिभोलुसन, हिटलरको उदय अनि परमाणु बमको भविष्यवाणी गरेका थिए।

नोस्ट्रेडमसको पहिलो किताब, ‘लेस प्रोफेटिस’ सन् १५५५ मा प्रकासित भएको थियो जहाँ धेरै भविष्यवाणीहरु छन्, केही महत्वपूर्ण भविष्यवाणी पुरा पनि भएका छन् । यो वर्ष अर्थात् सन् २०१७ को लागि कस्ता भविष्यवाणी गरिएका छन् ?

नोस्ट्रेडमसका शब्दहरुलाई आफ्नै ढंगले आफ्नै अर्थमा अर्थ्याइने भएपनि यो वर्ष अमेरिकाको लागि शुभ भविष्यवाणी गरिएको भेटिदैन।

नोस्ट्रेडमसको एक भविष्यवाणीमा लेखिएको छ:

“The false trumpet concealing madness will cause Byzantium to change its laws. From Egypt there will go forth a man who wants the edict withdrawn, changing money and standards.”

नोस्ट्रेडमसको यो भविष्यवाणीलाई अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पसंग जोडेर अर्थ्याइएको छ। यहाँ भनेको ‘False Trumpet’ अमेरिका राष्ट्रपति डोनाल्ड ट्रम्प हुनसक्ने तर्फ धेरैको मत रहेको पाइन्छ। यो विश्वासलाई मान्ने हो भने ट्रम्पको पागलपन गर्दा युरोपको शरणार्थी समस्या झन् बल्झने देखिन्छ।

यति मात्र होइन उनको अर्को भविष्यवाणीमा अमेरिकाको राष्ट्रपति चुनावमा ट्रम्पले जित्ने समेत संकेत गरेको भेटिन्छ। जुन पुरा पनि भयो।

“The great shameless, audacious bawler. He will be elected governor of the army: The boldness of his contention. The bridge broken, the city faint from fear.”

यहाँ भनिएको ‘लाज नभएको, साहसी, वकवास’ ट्रम्पलाई इंकित गर्छ जो अमेरिकी सैन्य शक्तिको प्रमुख (governor of the army) निर्वाचित भइसकेका छन्।

 यो  वर्षको लागि अन्य के-के छन् भविष्यवाणीमा ?
  • अमेरिका अस्थिर बन्नेछ । पहिले झै अमेरिकाले विश्वमा आफ्नो प्रभाव देखाउन सक्नेछैन।
  • रसिया र युक्रेनबीच शान्ति सम्झौता हुनेछ। तर यसमा अमेरिकाले भाँजो हाल्न सक्नेछ।
  • विश्वमा आर्थिक अस्थिरता आउनेछ र यसको असर समग्र विश्वमा पर्नेछ।
  • चीनको शक्ति बढ्नेछ र एसियाको शक्ति केन्द्रको रुपमा स्थापित हुनेछ।
  • भविष्यवाणीमा ‘Hot wars’ तर्फ इंकित गरिएको छ। यसलाई ग्लोबल वार्मिङ त कसैले विश्व युद्धको संकेत मानेका छन्।
  • इटालीमा आर्थिक संकट निम्तिने भविष्यवाणी गरिएको छ। हुनपनि इटालीको अर्थव्यवस्था बिग्रदो रहेको अहिले विभिन्न अन्तराष्ट्रिय मिडियामा खबरहरु देख्न सकिन्छ।

यो पढ्नुस्।

नोस्ट्राडमसले १६ अौं शताब्दीमा गरेका भविष्यवाणी जुन पुरा हुदैछन्