१ जेठ, भक्तपुर ।

पहिलो चरणको स्थानीय तहको निर्वाचन ३४ जिल्लाको २८१ मतदान केन्द्रमा भएको मतदानमा भक्तपुरमा देशभरबाटै बढी ८३ प्रतिशत मत खसेको छ ।

भक्तपुरको चार वटा नगरपालिकामा भएको मतदानमा ८३ प्रतिशत मत खसेको र यो देशभरकै बढी रहेको जिल्ला निर्वाचन कार्यालयका निर्वाचन अधिकारी उमेश राईले जानकारी दिए। भक्तपुरमा कुल एक लाख ६१ हजार ५२९ मतदाता रहेकामा कुल एक लाख ३१ हजार ९५८ मत खसेको छ ।

जिल्लाको भक्तपुर, मध्यपुर, चाँगुनारायण र सूर्यविनायक नगरपालिकाका मतगणना भने आजबाट मात्रै हुने भएको छ । रासस