१२ मंसिर, सोल ।

दक्षिण कोरियामा अर्को हप्ताका लागि आयोजना गरिएको सरकार विरुद्धको एक -यालीमाथि सरकारले प्रतिबन्ध लगाइदिएको समाचार छ ।

अर्को हप्ताका लागि आयोजना गरिएको सो -यालीमा हिंसा भड्किन सक्ने भन्दै सरकारले प्रतिबन्ध लगाइदिएको समाचारमा जनाइएको छ ।

तर अधिकारकर्मीहरुले भने आगामी शनिबार सो -याली आयोजना गर्ने भन्दै दबाब दिएका छन् ।

Korea protest

उता प्रहरीले भने दक्षिण कोरियाको राजधानी सहर सोलमा यसरी प्रदर्शन गर्न नदिने बारेमा अधिकार प्राप्त गर्ने गरी कानुन बनाइरहेको अधिकारीहरुले जनाएका छन् ।

यदि त्यस्तो -याली वा कुनै प्रकारको हिंसा भड्किने काम हुन्छ भने त्यस्तो कार्य रोक्नका लागि प्रहरीलाई अधिकार भएको भन्दै त्यससम्बन्धी कानुन निर्माणमा सरकार लागेको हो ।

उक्त प्रदर्शनको अयोजना गरिरहेको अधिकारवादीहरुको समूहलाई प्रहरीले यदि प्रहरीले लगाएको प्रतिबन्धको उल्लङ्घन गरेर -यालीको अयोजना गरिएमा पक्राउ गरिने पूर्व चेतावानी पनि प्रहरीले जारी गरेको बताइएको छ ।

न्याय तथा कानुनमन्त्री किम हाइन उङले सरकार सार्वजनिक नैतिकता एवम् अमन चयनका प्रतिबद्धता तथा जवाफदेहितालाई कडाईका साथ पालना गर्ने पक्षमा रहेको भन्दै यदि त्यसको उल्लङ्घन भएमा त्यसमा सम्लग्नलाई कानुनी कारबाही गरिने बताए ।

यसअघिदेखि नै सोलमा त्यहाँका विपक्षी दलका साथै विभिन्न अधिकारवादी समूहले आफ्ना मागहरु राख्दै सरकारका विरुद्धमा प्रदर्शन गर्ने बताउँदै आएका थिए ।

तर सरकारले त्यसलाई हिंसा भड्किन सक्ने भन्दै तत्कालै रोक्न भनेको थियो । रासस/एएफपी